आईएसएमटीको रक्तदानमा ६२ युनिट रगत सङ्कलन
पाेखरा | मंसिर १४, २०८१
पोखराः बेलायतको सण्डरल्याण्ड युनिभर्सिटीबाट सम्बन्धनप्राप्त कलेज आइएसएमटीले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत सङ्कलन भएको छ ।
काठमाण्डौको तीनकुने गैरीगाउँस्थित आईएसएमटी कलेज प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा ६२ जना विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरे ।
कलेजका विजनेश डेभलपेन्ट अफिसर–हेड बासुदेव वस्तीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यक्रमले तत्काल देखिएको रगत अभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ISMT Group अन्तर्गत University of Sunderland UK को सम्बन्धनमा नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा आईएसएमटी कलेजहरु संचालनमा छन् ।
कलेजले BBA, BHM, BSc. IT, BSc (Hons) Cyber Security and Digital Forensics र MBA कार्यक्रम संचालन गरिरहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

